खेल
काठमाडौं । ओमानमा जारी एसीसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा शनिबार नेपाल कतारविरुद्ध टस जितेर पहिले ब्याटिङमा उत्रिएको छ ।
नेपालले पावर प्लेमा एक विकेटको क्षतिमा ५६ रन बनाएको छ । ओपनर कुशल भुर्तेल ११ बल खेल्दै दुई चौकाको सहयोगमा १२ रन बनाएर आउट भए । पहिलो विकेट १८ रनमा गुमाएको नेपालको पारी अहिले आशिफ शेख र कप्तान रोहित पौडेलले सम्हालिरहेका छन् ।
पहिलो ६ ओभरसम्म आशिफ ३० रन र कप्तान पौडेल १० रन बनाएर खेलिरहेका छन् ।
आज नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अभिनाश बोहोरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल मल्ल छन् । रासस
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१ १७:२५
प्रतिक्रिया दिनुहोस्