site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुर्तीजन्य पदार्थलाई राजस्वको आम्दानीको बाटो बनाउनु हुँदैन : बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तीजन्य पदार्थलाई राजस्वको आम्दानीको बाटो बनाउनु नहुने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सूर्तीजन्य पदार्थको सेवनबाट भएको क्षति ठूलो रहेको उल्लेख गर्दै नियन्त्रणको बाटोमा अघि बढ्न सुझाव दिए । 

उनले कुल मृत्युको १९ प्रतिशत मानिस नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । राजनीतिक नेतृत्वहरू पनि गलत कुराको अनुयायी बन्न नहुने उनको भनाइ छ । विश्वका धेरै देशहरूले पूर्ण प्रतिबन्ध गरेर अघि बढेको भन्दै उनले यो विषयलाई समाज, राजनीतिक दल संसद् र सरकारको विषय बनाउनुपर्ने बताए । 

उनले भने, "ठिक कुराको नेतृत्व गर्ने राजनीतिक नेतृत्वले बेठिक कुराको कुनै पनि अनुयायी बन्नु हुँदैन । राजनीतिक नेतृत्व त समाजको अभिभावक हो । सरकारले सुर्तीजन्य पदार्थलाई राजस्वको आम्दानीको बाटो पनि बनाउनु हुँदैन । यसबाट भएको क्षति ठूलो छ । झन्डै देशको मृत्युदरमा १९ प्रतिशत मानिस मृत्यु भएको तथ्यांक छ ।" 

प्रमुख सचेतक बर्तौलाले सिंगो देशको प्रतिवद्धता भएमात्रै यस किसिमका समस्या समाधान हुने बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro