site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जीसी दम्पती हत्याको १२ दिन : प्रहरी ‘क्लु’ कै खोजीमा, सीआईबीको टोली पनि अनुसन्धानमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । दुई हप्ताअघि १९ चैतमा पर्वतमा हत्या गरिएका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको हत्याका आरोपी अझै पक्राउ परेका छैनन् । पर्वतको जलजला गाउँपालिका –२ का जीसी दम्पतीको धारिलो हरियार प्रयोग गरी हत्या भएको थियो । तर, हत्या भएको १२ दिन बित्दा पनि प्रहरी हत्यारासम्म पुग्न सकेको छैन । 

घटना जटिल बन्दै गएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत पर्वत पुगेको छ । सीआईबीका प्रहरी निरीक्षकको कमान्डमा टोली बिहीबार पर्वत पुगेको हो ।

हत्यालगत्तै उनीहरूले लगाएका गरगहना समेत भेटिएको छैन । यसले लुटपाट गर्ने उद्देश्यले हत्या भएको आशंका प्रहरीको छ ।

हत्याराको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वत, गण्डकी प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी एकाइबाट समेत छुट्टाछुट्टै टोली खटिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसालले अनुुन्धान जारी रहेको बताए । “हामी अनुसन्धानकै क्रममा छौँ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । धेरै मानिसँग सोधपुछ गरिसकेका छौँ,” भुसालले भने, “अहिलेसम्म पक्राउ गरिहाल्ने कुनै आधार भेटिएको छैन । केहीलाई निगरानीमा राखेका छौँ ।” 

तीन छोरा भएका जीसी परिवारका दुई छोरा भने वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया छन् । त्यस्तै एकजना छोरा म्याग्दीको बेनीमा बस्दै आएका छन् । हत्यापछि तीनजना दाजुभाई नै घर पुगेका छन् ।

घरमा दुईजना श्रीमान/श्रीमती मात्रै रहेको र घर पनि एकान्तमा रहेका कारण उनीहरूको हत्या गरेर हत्यारा सजिलै भाग्न सफल भएका प्रहरीले जनाएको छ ।  घटनास्थलमा कुनै पनि प्रमाण समेत फेला परेको छैन । प्रहरी अपराधीसम्म पुग्ने ‘क्लु’कै खोजीमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro