site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीका मुख्य न्यायाधिवक्ताको प्रश्न– सांसदले दिएको समर्थन दलले कसरी फिर्ता लिन सक्छ ?

विराटनगर । कोसी प्रदेशका मुख्य न्यायाधिवक्ता रूपेश कोइरालाले कोसीमा 'झस्केलाबाट शक्ति हत्याएर संविधानको मूल्य मान्यतालाई निस्तेज बनाउने दुस्प्रयास' सुरु भएको बताएका छन् । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का गतिविधिहरू प्रदेशलाई मध्यावधि निर्वाचनमा धकेल्नेतर्फ उन्मुख भएको उनको आरोप छ ।

बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कोइरालाले भने, “यो सरकारका मुख्यमन्त्री नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार बन्नुभएको हो । दलको समर्थनमा होइन । सांसदको समर्थनमा तर एमाले र माओवादी मुख्यमन्त्रीलाई मध्यावधि घोषणा गराउने परिस्थिति सिर्जना गर्न खोजिरहेका छन् ।”

कोसीमा नेपालको संविधानको धारा १६८ को उपधारा २ र ३ बमोजिम सरकार बनिसकेको र ती सरकारले विश्वासको मत लिन नसकेको कोइरालाले बताए । ती सरकार नचलेपछि त्यसपछि उपधारा ५ बमोजिम सरकार बनेको भन्दै यसमा दलको समर्थन नरहेको उनको भनाइ छ  ।

“दलले समर्थन फिर्ता लिने हैसियत कहाँ राख्छ ? सांसदले समर्थन दिएका हुन् । यो प्रदेशमा एमाले र माओवादीको समर्थन छैन । एमाले र माओवादीले कोसी सरकारलाई कहिले समर्थन दिएका थिए र फिर्ता लिनु ?,” उनले भने, “दिदैँ नदिएको कुरा फिर्ता मागेर पाइन्छ ? विश्वास छैन यो कानुनी प्रश्न होला तर कहाँ गएर विश्वास छैन त्यहाँ गएर मुखरित गर्ने हो नि । बाटामा बसेर, पत्रकार सम्मेलन गरेर हामीलाई यो सरकारप्रति विश्वास छैन भनेर अविश्वासको मत स्थापित हुने हो र ?”

विश्वास परीक्षणका विषयमा संविधानमा प्रस्ट उल्लेख रहेको बताउँदै उनले विश्वास नभएका प्रदेशसभा सदस्यले प्रदेशसभामा जानुपर्ने बताए ।

एकातिर संविधानमा लेखिएको कुरा अक्षरश: पालना हुनुपर्छ भन्ने अर्कोतिर संवैधानिक प्रवाधान नमान्न जबर्जस्ती गर्ने दलको हठले प्रदेश मध्यावधि निर्वाचनतर्फ उन्मुख भएको कोइराला बताउँछन् ।

कोइरालाले कोसीमा प्रदेश प्रमुखले संविधानअनुसार प्रदेश सरकारले गरेको सिफारिसलाई मान्यता नदिएर प्रदेशसभा सदस्यको निवेदनका भरमा प्रयोजन प्रस्ट नभई प्रदेशसभा अधिवेशन आह्वान गरेको आरोप लगाए ।

“प्रदेश प्रमुख आलांकारिक पद हो । संविधानतः मन्त्रिपरिषद् निर्णयअनुसार मुख्यमन्त्रीको सिफारिसमा नै प्रदेशसभा अधिवेशन आह्वान गर्नुपर्छ,” उनले भने ।

उनले गण्डकी प्रदेशमा एकपटक प्रयोजन खोलेर प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको उदाहरण दिँदै कोसीमा वैशाख ६ मा आह्वान भएको अधिवेशन विशेष नभएको बताए । 

“विशेष अधिवेशन होइन । मुख्यमन्त्रीले संसद्बाट विश्वासको मत लिइसक्नुभएको छ । एकपटक संसद्ले विश्वासको मत दिइसकेको छ । अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने अवस्था छैन । संवैधानिक संकटको अवस्था होइन । संविधानका लेखिएको कुरा अक्षरश: पालना गर्ने मुख्यमन्त्रीको इच्छा र क्रियाकलापविरुद्ध गैरसंवैधानिक वा चोरबाटोबाट सरकारलाई तर्साउने, अनिर्णयको बन्दी बनाउने र कर्मचारीलाई अकर्मण्यताका निमित्त उद्वेलित गर्ने क्रियाकलाप मात्र हो,” उनले भने । 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  २०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro