site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेनाको सफा हिमाल अभियान : १० टन फोहोर संकलन गर्ने लक्ष्य

काठमाडौं । नेपाली सेनाले सफा हिमाल अभियान सुरु गरेको छ । बिहीबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान, २०२४ का टोलीलाई ब्यानरसहित सामान हस्तान्तरण गरी अभियानको शुभारम्भ गरेका हुन् । 

अभियानमा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सोभन्दा माथिका उचाईहरूबाट १० टन फोहोर तथा पाँचवटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको सेनाले जनाएको छ ।

संकलित फोहोरमध्ये नसड्ने फोहोर रिसाइकिल गर्ने संस्थालाई हस्तान्तरण गरिने प्रधानसेनापति शर्माले बताए । उनले संकलित फोहोरलाई उचित व्यवस्थापन गर्न सके अभियानको औचित्य पुष्टि हुने धारणा राखे । प्रधानसेनापति शर्माले हिमालमा फोहोर नै गर्न नदिने गरी सचेतना फैलाउनुपर्ने र नियमकर्ता र कानुन निर्माताले पनि ध्यान दिनुपर्ने बताए ।

अभियान आगामी जेठ २३ गते विश्व वातावरण दिवसको दिन सकिने अभियानका निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिए ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro