site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो : अध्यक्ष लिङदेन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले राजनीति लेखपढले मात्र नहुने बताए । 

उनले पछिल्लो दिनमा राजनीति विकृत भएको बताए । राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो र छोराछोरी पाल्ने पेसा जस्तो सोचिरहेको उनको भनाइ छ । राजनीति भन्ने बित्तिकै मानिसहरू डराउने अवस्था सिर्जना भएको बताए ।

उनले भने, "राजनीति लेखपढले मात्र हुँदैन, राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको छ । राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेसा जस्तो मानिराखेको छ ।"

अध्यक्ष लिङदेनले राजनीतिलाई पेसा नभइ सेवाको रूपमा अवलम्वन गर्नुपर्ने बताए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro