site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्काउटको जग्गा विवाद छानबिनका लागि पाँच सदस्यीय समिति गठन
Sarbottam CementSarbottam Cement

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले लैनचौरस्थित स्काउटको जग्गाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयले बुधबार उपसचिव रमा भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
 
समितिमा संसदीय मामिला मन्त्रालयबाट कानुन अधिकृत, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट अधिकृत, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अधिकृत र खेलकुद मन्त्रालयका सचिव वसन्त गिरी सदस्य छन् । 

कानुन मन्त्रालय, भूमिव्यवस्था तथा सहकारी मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका तर्फबाट भने सदस्यहरु तोकिन बाँकी छ।

Prabhu Bank
Agni Group
NIC Asia

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले यसअघि स्काउटबाट सञ्चालित कार्यक्रम, योजना र गतिविधि तथा अनियमितताका विषय मन्त्रालयमा पुगेको भन्दै आवश्यक सबै कागजात उपलब्ध गराउन पनि स्काउटलाई निर्देशन दिएका छन् । 

मन्त्रालयले स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीचको जग्गा भाडा सम्बन्धी पहिलो सम्झौता, सम्झौताबमोजिम भएका कामकारबाही र जग्गा भाडाविवादमा उच्च अदालत पाटनबाट गत वर्ष भएको फैसला कार्यान्वायनमा स्काउटबाट भएका पहलको प्रगति विवरणसम्बन्धी कागजात उपलब्ध गराउन यसअघि नै निर्देशन दिएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC