site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘लगानी सम्मेलन सफल बनाउन सरकार ठोस योजना बनाएर आगाडि बढेको छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी सम्मेलनलाई सफल बनाउन ठोस योजना बनाएर आगाडि बढेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभामा प्रधानमन्त्री प्रचण्डले सरकारको निरन्तरताको प्रयासले अर्थतन्त्रका बाह्य र आन्तरिक अवस्था सुधारको बाटोमा रहेको बताए । 

“सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार छ । बजेटका लागि निजी क्षेत्रका प्रतिनिधि र जनतासँग छलफल गर्न तयार छ,” प्रचण्डले भने । 
 
आन्तरिक उत्पादन बढाउन नसके बाह्य क्षेत्रका उपलब्धीहरू पनि टिकाउन नसकिने उनको भनाइ छ । पुँजीगत खर्च नबढाएसम्म विकास सम्भव नरहेको प्रचण्डले बताए । पुँजीगत खर्च बढाउन जोड दिने उनको भनाइ छ । 

लगानी सम्मेलनमार्फत् स्वदेशी र विदेशी लगानिकर्तालाई लगानीका लागि आकर्षण गर्न एकै पटक १२ वटा कानुन संसोधन गर्न लागेको उनले जानकारी दिए । 

सम्भव भएमा संसदबाट र नभए अध्यादेशमार्फत् नै कानुनी व्यवस्था सुधार गरेर लगानीको  ढोका खोल्नतर्फ ध्यान केन्द्रित गरेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro