site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हाम्रो पात्रोले समाचार पढ्न सजिलो र थप व्यक्तिगत बनाउन समाचार बुलेटिन सुरु गर्‍यो

काठमाडौं । नेपाली एप हाम्रो पात्रोले समाचार खण्डमा पहिलो पटक सबैका लागि समाचार पढ्न सजिलो बनाउनका लागि एउटा नयाँ सुविधा सुरु गरेको छ। यो सुविधामा हाम्रो पात्रोले महत्त्वपूर्ण समाचारहरूलाई विश्लेषण र वर्गीकरण गरी समाचारको सारांशलाई बुलेटिनको रूपमा राख्न थालेको हो । यो हरेक तीन घण्टा अपडेट हुन्छ, त्यसैले प्रयोगकर्ताहरुले सधैं ताजा समाचारहरू हेर्न पाउनेछन् । यो सुबिधा विशेष गरी समाचार पढ्न समय नभएको तर समाचारसंग सचेत र सूचित पाठकहरूको अन्तरक्रिया बढाउन यस्तो फिचर ल्याइएको हाम्रो पात्रो इंकले जनाएको छ । 

हाम्रो पात्रोले गत हप्तादेखि एआईको प्रयोग गरी महत्त्वपूर्ण समाचारहरूलाई विश्लेषण र वर्गीकरण गरी समाचारको सारांशलाई बुलेटिनको रूपमा राख्न थालेको हो । तर ती समाचारहरूमा पाठकले प्रतिक्रिया जनाउन भने पाएका थिएनन् । अब भने प्रत्येक तीन घण्टाको अन्तरालमा बुलेटिनमा अपडेट हुने समाचारहरूमा पाठकले प्रतिक्रिया जनाउन पाउने छन् ।  

एआईले विभिन्न समाचारहरू बीचका समानता पहिचान गर्न सक्ने हाम्रो पात्रोकी निर्देशक सुदीना गौतमले बताइन् । त्यस्तै पाठकको रुचि, प्राथमिकता र पढ्ने बानी बुझ्न सहयोग पुग्ने गरी एआईले पाठकको रुचि अनुसारका समाचारहरूलाई सिफारिस गर्न सक्ने दाबी समेत गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro