site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अध्यक्षको निर्देशनविपरीत चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
फाइल तस्बिर ।

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको छ । सत्तापक्षीय दल नागरिक उन्मुक्तिबाट उनलाई प्रदेश सरकारमा सहभागी गराउन मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष सिफारिस गरिएको हो ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्रीका निम्ति सिफारिस गर्न संसदीय दललाई निर्देशन दिएकी थिइन् । संसदीय दलको बैठकबाट भने अध्यक्षको निर्देशनविपरीत घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरिएको थियो ।

Argakhachi Cement Island Ad

उक्त निर्णयपछि पनि बिहीबार (जेठ १) बसेको अर्को बैठकबाट रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरिएको दलका प्रमुख सचेतक इन्दिरा गिरीले जानकारी दिइन् । उनले भनिन्, “दलमा विवाद हुन्छ, सहमति खोजेर अघि बढ्ने हो ।”

उक्त पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारीमा रहेका लक्ष्मणकिशोर चौधरीले विवादास्पद श्रव्य सामग्री सार्वजनिक भएपछि हालै पदबाट राजीनामा दिएका थिए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्तिका सात सदस्य छन् । नेपाली कांग्रेसका १८, नेकपा (एमाले)का ११, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एकीकृत समाजवादी)का चार तथा राप्रपा र स्वतन्त्र एक/एक सदस्य छन् । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्