site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा एक महिनामा एक व्यक्तिले खपत गर्छन् चार जीबीमात्रै डेटा !

काठमाडौं । नेपालमा मोबाइल डेटा प्रयोगकर्ताहरू दक्षिण एसियामै दोस्रो नम्बरमा भए पनि खपत भने कम हुने गरेको पाइएको छ ।

नेपालमा रहेका ७९ प्रतिशत स्मार्टफोन प्रयोगकर्तामध्ये मोबाइल डेटा चलाउनेको संख्या ४८ प्रतिशत छ ।

प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले आयोजना गरेको 'दूरसञ्चार क्षेत्रका चुनौती एवं अवसर' विषयक कार्यक्रममा मंगलबार एनसेलका चिफ रेगुलेट्री एवं लिगल अफिसर विशाल उपाध्यायले औसतमा नेपालमा प्रतिमहिना प्रतिव्यक्तिले ४ जीबीमात्रै मोबाइल डेटा प्रयोग गर्ने गरेको तथ्यांक प्रस्तुत गरे ।

यो अनुपात भारतमा २० जीबी, बंग्लादेशमा ११३ जीबी र पाकिस्तानमा ९ जीबी छ ।

मोबाइल डेटाको पहुँच भने भारतमा ४९ प्रतिशत रहेको छ। जुन नेपालमा ४८ प्रतिशत छ । डेटा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या बंग्लादेशमा ३१ प्रतिशत र पाकिस्तानमा २३ प्रतिशतमात्रै छ ।

उनका अनुसार खपत कम रहेका कारण नेपालमा अझै पनि डेटाको बजार विस्तार गर्न सकिने सम्भावना छ ।

अन्य देशमा टेलिकम कम्पनीलाई उपलब्ध स्पेक्ट्रमको फाइदा कारण डेटा सस्तोमा उपलब्ध रहेको तर नेपालमा भने नियामकीय कठिनाइ रहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २१:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro