site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डढेलो नियन्त्रणका क्रममा घाइते भएका थप दुई सैनिक जवानको निधन

काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका–४ स्थित तिप्लामस्टा भवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा क्रममा घाइते भएका थप दुई सैनिक जवानको मृत्यु भएको छ ।

उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनीहरूलाई नेपाली सेनाको हवाई साधनबाट काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

अहिले घाइतेमध्ये एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि सोमबार डोल्पा जिल्ला अस्पतालमा उपचारका क्रममा एकजना सैनिक जवानको निधन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro