site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रविमाथि खनिए लिङदेन– छानबिन नै गर्न नहुने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि खनिएका छन् । मंगलबार आफूहरूले प्रदर्शन गर्ने क्रममा प्रहरीले रोकेको भन्दै उनले थापाथलीमा आयोजित सभामा आक्रोश पोखे ।

उनले पहिलो दिनको कार्यक्रममा बल प्रयोग गरिए पनि आफूहरू पछि नहट्ने बताए । नेपाली कांग्रेस र नेकपा (एमाले) माओवादीको मुद्दामा हिँडेको र पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि त्यही एजेन्डामा आइपुगेको आरोप उनले लगाए ।

उनले आफूहरूले देशलाई पछाडि फर्काउने कुरा नगरेको बताए । नयाँ सम्झौताका निम्ति तयार रहन उनले आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“नयाँ सम्झौताका लागि तपाईंहरू तयार हुनुुस् । होइन भने तपाईंहरू भाग्न तयार हुनुस्,” उनले भने, “देशले यो स्थिति धान्न सक्दैन । आफ्ना युवा बेचेर देश कसरी चलाउनुहुन्छ ?”

ठूला भनिएका सबै पार्टीले मिलेर भ्रष्टाचार गरेको आरोप समेत उनले लगाए । उनले गृहमन्त्री लामिछानेलाई निर्मला पन्तको हत्या गर्ने व्यक्ति को हो ? भनी प्रश्न गरे ।

Global Ime bank

“नयाँ भन्नेहरूले कस्तो फुर्तीसाथ भनेका थिए, सबैभन्दा पहिले भनेका थिए– सबैभन्दा पहिले निर्मला हत्याकाण्डको अपराधी पत्ता लगाउँछु भनेर आदेश दिएको होइन ?,” उनले प्रश्न गरे, “कहाँ पुग्यो तपाईंको आदेश ? को हो निर्मला हत्याकाण्डको अपराधी ? नक्कली कुराहरू धेरै दिन टिक्दैन ।”

उनले सहकारीको रकम ठगी प्रकरणमा लामिछानेमाथि छानबिन नै गर्न नहुने कुन देशको व्यवस्था हो ? भनी थप प्रश्न गरे ।

“सुशासनको कुरा अरूलाई मात्र लागु हुने, तपाईंलाई लागु नहुने भन्ने हुन्न गृहमन्त्रीज्यू । देशले प्रश्न उठाइराखेको छ । सहकारीको विषयमा तपाईंले सफाइ दिनु पर्दैन ? तपाईंले छानबिनका लागि बाटो खोलाउनु पर्दैन ?,” उनले प्रश्न गरे, “रवि लामिछानेलाई छानबिन नै गर्नु नपर्ने कुन देशको व्यवस्था हो ?”

कुकर्म ढाकछोप गर्न वर्तमान सत्ता गठबन्धन बनाइएको उनले आरोप लगाए । ०४६ सालपछिका राजनीतिक नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र त्यो कार्य आफूबाट थाल्न उनको आह्वान गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement