site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा एमाले र माओवादीको एक स्वर– मध्यावधि निर्वाचनको धम्की मान्य छैन

विराटनगर । कोसी प्रदेशमा सरकार गठनको प्रयास थालेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सदनमा संकल्प प्रस्ताव लिएर जाने तयारी गरेका छन् । कोसीमा १६ महिनामा छैटौँपटक सरकार गठनको प्रयास सुरु गरिएको हो ।

दुवै दलले मंगलबार विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गरी मुख्यमन्त्री केदार कार्की स्वतः अल्पमतमा परेको जिकिर गरेका छन् । एमाले र माओवादीका ५२ सांसदले सोमबार प्रदेश प्रमुखसमक्ष समावेदन गरी कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

कोसी प्रदेशसभामा एमालेका प्रमुख सचेतक रहेका रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले सहज निकास दिनुपर्ने बताए । उनले भने, “मध्यावधि निर्वाचनको धम्की मान्य छैन । अब प्रदेशसभाको विशेष अधिवेशनमार्फत संकल्प प्रस्ताव  लैजान्छौँ, त्यहाँ सरकार बहुमतमा रहे/नरहेको प्रस्ट हुनेछ ।”

माओवादी सांसद दुर्गाप्रसाद चापागाईंले कोसी सरकार अल्पमतमा परिसकेको बताए ।

एमाले सांसद लीलावल्लभ अधिकारीले केन्द्रीय समीकरण परिवर्तन भएसँगै प्रदेशहरूमा सत्ताको नेतृत्व फेरिनु स्वाभाविक भएको बताए । उनले भने, “संविधानको धारा १८७ को उपधारा २ मा संसदीय सर्वोच्चताको कुरा छ, त्यहीअनुसार हामीले पहिले पत्र दर्ता गरेकोले विशेष अधिवेशन आह्वान हुन्छ ।”

१५ दिनभित्र प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिने उनले दाबी गरे । नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम अब मुख्यमन्त्रीले विश्वासको मत लिनैपर्ने र वैशाख २६ गते सरकार पदमुक्त हुने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro