site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीका मुख्यमन्त्रीलाई एमालेले लगायो चार आरोप

विराटनगर । नेकपा (एमाले)का ३९ सांसद र कांग्रेसका आठ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीमाथि एमालेले चार आरोप लगाएको छ ।

सोमबार नयाँ वैकल्पिक सरकार गठनका लागि आफ्नो संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेले प्रदेश प्रमुखसमक्ष दाबी पनि पेस गरेको छ । माओवादीका १३ सहित ५२ सांसदको समर्थनमा एमालेले वैकल्पिक सरकार गठनका लागि दाबी पेस गरेको हो ।

गएको असोज २७ गते ३९ जना सांसदले आफैँ उपस्थित भएर सनाखत गरी कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाएका थिए । त्यसपछि विश्वासको मतसमते दिएका थिए ।

तर, त्यही दलले ६ महिनापछि आफैँले बनाएको मुख्यमन्त्रीलाई प्रमुख चार आरोप लगाउँदै समर्थन नरहेको निवेदन प्रदेश प्रमुखसमक्ष जानकारी गराएको छ । 

मुख्यमन्त्री कार्कीले अनावश्यक र अनुचित काम कारबाही गरेको महसुस गर्दै समर्थन फिर्ता लिएको निवेदनमा उल्लेख गरेको छ ।

कार्कीले पदीय जिम्मेवारी ठिक ढंगले निर्वाह नगरेको, समय समयमा अनुचित र अस्वाभाविक अभिव्यक्ति दिने गरेको, सस्तो लोकप्रियताका लागि सरकारी कोषबाट अध्ययनबिना अनावश्यक र अनुचित ढंगले रकम खर्च गरेको र प्रादेशिक संरचनाको प्रतिष्ठामा आँच आउने व्यवहार देखाएको एमालेको आरोप छ ।

एमालेले असोज २७ मा मुख्यमन्त्री नियुक्तिका लागि गरेको समर्थन र कार्तिक १ गते दिएको विश्वासको मत फिर्ता लिएको जनाएको छ ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, “उपधारा ५ बमोजिम बनेको सरकारको विषयमा सम्मानित सर्वोच्च अदालतले यसअघि गरेको फैसला र त्यसको पूर्णपाठमा उल्लेख भएअनुरूप दल वा सांसदले समर्थन फिर्ता लिन सक्ने प्रावधान अनुसार नै हामीले प्रदेश प्रमुखकहाँ निवेदन दिएका हौँ ।”

उनले अब कोसी प्रदेशमा नयाँ सरकार गठनको कार्य अघि बढ्ने दाबी गरे ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro