site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
स्लोभाकियाको राष्ट्रपतिमा रुस समर्थक पेलेग्रिनी निर्वाचित

काठमाडौं । स्लोभाकियाको राष्ट्रपतिमा पिटर पेलेग्रिनी निर्वाचित भएका छन् । पश्चिमा समर्थक पूर्वकूटनीतिज्ञ इभान कोर्कोकलाई पराजित गर्दै ५३ प्रतिशत मतका साथ ४८ वर्षीय पेलेग्रिनी विजयी भएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका पेलेग्रिनी वर्तमान प्रधानमन्त्री रोबर्ट फिकोको सहयोगी हुन् । रुस समर्थक मानिने प्रधानमन्त्री फिको जस्तै राष्ट्रपतिमा पनि पेलेग्रिनी निर्वाचित भएका छन् ।

Dabur Nepal
NIC Asia

यससँगै स्लोभाकियाको संसद्, सरकार र चाँडै नै राष्ट्रपतिको कार्यालयमा फिको र उनका सहयोगीको नियन्त्रण हुने भएको छ । फिको गत अक्टोबरमा प्रधानमन्त्री बनेका थिए । त्यसअघि स्लोभाकिया युक्रेनको कट्टर सहयोगी थियो ।

फिकोले युक्रेनलाई पश्चिमी सैन्य सहयोग रोक्न भन्दै तत्काल युद्धविराम गरी मस्कोसँग शान्ति वार्ता गर्न आह्वान गरेका छन् । उनले हालै युक्रेनलाई नेटोमा सहभागी गराउनु तेस्रो विश्व युद्धको सुरुआत हुने टिप्पणी गरेका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro