site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देश भ्रष्टाचारले ग्रस्त बन्दै छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसेवक कर्मचारीलाई सेवा प्रवाहमा उत्साहित गर्न पुरस्कृत र दण्ड दुवैखाले नीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आज आयोजित ‘रौतहट टाइम्स साप्ताहिक’को २६औँ वार्षिकोत्सवमा सहभागी अध्यक्ष नेपालले कुशल कर्मचारी निर्माणमा राज्यको दायित्व प्रमुख हुने बताए । गलत गर्ने कर्मचारीलाई सजाय र इमानदार कर्मचारीलाई प्रोत्साहन दिनु आवश्यक रहेको उनको भनाइ थियो । 

Argakhachi Cement Island Ad

“देश भ्रष्टाचारले ग्रस्त बन्दै छ,” अध्यक्ष नेपालले भने, “यसमा राज्य प्रशासनकै कमजोरी छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष अर्थतन्त्र उकास्ने खालका नीति ल्याउन पटक–पटक छलफल गर्दैआएको उनले जिकिर गरे । 

कार्यक्रममा पूर्वमन्त्री वंशीधर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरे, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, रौतहट गौर नगरपालिकाका अध्यक्ष शम्भु साह, रौतहट टाइम्स साप्ताहिकका सम्पादक गोविन्दप्रसाद चौलागाईं लगायतले आ–आफ्नो धारणा राखेका थिए । रासस

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्