site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
साढे आठ महिनामा काठमाडौं उपत्यकामा १८ सय मोटरसाइकल चोरी
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं उपत्यकामा मोटरसाइकलको संख्या बढेसँगै चोरीका घटना पनि बढेको छ । घर तथा पार्किङ गरेको ठाउँबाट मोटरसाइकल हराउने क्रम बढ्दो क्रममा छ । 

नेपाल प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ सुरु भएयताको साढे आठ महिनाको अवधिमा काठमाडौं उपत्यकाबाट एक हजार ८४७ वटा मोटरसाइकल चोरी भएका छन् । हराएकामध्ये ३७४ वटा मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ । फेला परेका मोटरसाइकलमध्ये २९१ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ भने २४ वटा आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा र १७ वटा भन्सार कार्यालयमा बुझाइएको छ । 

बाँकी ४२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा छन् । चोरीमा संलग्न २९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको प्रहरीको भनाइ छ । 

Agni Group
NIC Asia

“चोरी भएका मोटरसाइकल खोजी तथा अनुसन्धान गर्न देशभरका प्रहरीलाई सक्रिय पारिएको छ । विशेष योजना र कार्यक्रमहरू तयार गरी सुक्ष्म तरिकाले निगरानी, प्रत्यक्ष अनुगमन र अनुसन्धान गर्ने गरिएकाले चोरी भएका मोटरसाइकल पत्ता लगाई सम्बन्धित धनीलाई बुझाउन सफलता मिलेको छ,” नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले भने । 

गत आर्थिक वर्ष २०७९/८० मा काठमाडौं उपत्यकाबाट एक हजार ८५० वटा मोटरसाइकल चोरी भएको थियो । तीमध्ये ५५१ वटा मोटरसाइकल प्रहरीले फेला पारेको थियो र ४९९ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । सो अवधिमा ट्राफिक प्रहरीले ३८ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको थियो । 

Global Ime bank

अघिल्लो आर्थिक वर्ष जति संख्यामा मोटरसाइकल चोरी भएका थिए त्यति नै मोटरसाइकल चालु आर्थिक वर्षको पहिलो साढे आठ महिनामा चोरी भएको प्रहरीको तथ्यांकले देखाउँछ । प्रहरीको तथ्यांकले पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा मोटरसाइकल चोरीका घटना बढ्दै गरेको देखाउँछ । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा उपत्यकाबाट एक हजार ६०४ वटा मोटरसाइकल चोरी भएको थियो ।  

उक्त वर्ष चोरी भएकामध्ये ५०६ वटा मोटरसाइकल प्रहरीले फेला पारेको थियो भने ४३४ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । सो अवधिमा ट्राफिक प्रहरीले ४५ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको थियो । चोरी नियन्त्रण गर्ने क्रममा मोटरसाइकल बढी मात्रामा चोरी हुने स्थानमा निगरानी गर्ने, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने र कानुनी कारबाही गर्ने गरिएको प्रहरीको भनाइ छ । 

चोरी हुनबाट सचेत गराउन समय समयमा सचेतनामूलक पर्चा वितरण तथा कार्यक्रम सञ्चालन गरिँदै आइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धेरैजसो साँझ र रातको समयमा मोटरसाइकल चोरी हुने गरेको छ । “चोरी भएका सवारी साधनको विशुद्ध खोजतलास र अनुसन्धानका लागि ‘भिक्टिम सपोर्ट युनिट’ स्थापना गरिएको छ । युनिटले तत्कालै परिचालित भई के–कस्तो सवारीसाधन कहाँबाट चोरी भयो ? विगतमा कस्तो प्रकारको चोरी भएको थियो जानकारी लिई अनुसन्धान सुरू गर्छ,” काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भने । 

छिमेकी जिल्लासँग समन्वय गर्ने तथा नाकाका युनिटहरूको साथै हरेक नियमित चेकजाँचमा शंकास्पद मोटरसाइकल र मानिसलाई चेकजाँच गर्ने गरिएको प्रहरीले जनाएको छ । “खोजतलास, निगरानी, अनुसन्धानको क्रममा फेला परेका सवारीसाधन र पक्राउ परेका मानिसलाई कानुन बमोजिम कारबाही हुन्छ,” प्रवक्ता श्रेष्ठले भने । 

प्रहरीका अनुसार चोरीका मोटरसाइकलको पाटपूर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । “चोरी हुनबाट बच्न डिसलक, ब्रेकलक, फ्युललक लगाउनु राम्रो हुन्छ । सम्भव भएसम्म जीपीएस ट्रयाकरलगायत उपकरणको जडान गरी मोटरसाइकल चोरी हुनबाट सुरक्षित रहन सकिन्छ,” प्रहरी नायव महानिरीक्षक ढकालको सुझाव छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu