site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ताइवान भूकम्पमा नौजनाको मृत्यु, एक हजारभन्दा धेरै मानिस घाइते
Sarbottam CementSarbottam Cement

काठमाडौं । ताइवानमा उद्धारकर्मीले देशमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको एक दिनपछि फसेका १०० भन्दा बढी व्यक्तिको खोजी गरिरहेका छन् ।

बिहीबार बिहानसम्म अधिकारीहरूले भूकम्पमा परी मृतकको संख्या नौ रहेको बताएका छन् । एक हजार ५० जना घाइते छन् । १०१ जना अझै भत्किएका भवनहरूमा फसेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वास्थ्य तथा कल्याण मन्त्रालयलाई उद्धृत गर्दै राष्ट्रिय दमकल एजेन्सीका अनुसार, करिब ४६ जना बेपत्ता वा सम्पर्कविहीन छन् ।

व्यावसायिक सिभिल इन्जिनियर्स एसोसिएसनका लिन चिह–चेङका अनुसार, हुआलियनमा खोजी र उद्धारकार्य जारी छ । १०० भवनलाई जोखिमपूर्ण वर्गीकरण गरिएको र धेरै भत्काउनुपर्ने उनले बताएको सीएनएनले जनाएको छ ।

Global Ime bank

बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

स्थानीय समयानुसार बिहान ७ बजेर ५८ मिनेटमा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्रविन्दु हुआलियन सहरबाट १८ किलोमिटर दक्षिणमा ३४.८ किलोमिटर गहिराइमा थियो।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय