अर्थ व्यवसाय
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से ३.४३ अंकले घटेर २००६.७८ को बिन्दुमा पुगेको छ ।
३२२ धितोपत्रको ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँमा किनबेच भएको छ ।
१३ वटा उपसमूहमध्ये १० वटाको समूहगत सूचक घटेको छ । तीनवटाको समूहगत सूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
गुरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ४.४० प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २१, २०८० १५:१७
प्रतिक्रिया दिनुहोस्