site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बहसका लागि संसदीय छानबिन समितिको कार्यालयमा आउन गृहमन्त्रीलाई कांग्रेसको निम्तो 
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई बहसका लागि संसदीय समितिको कार्यालयमा आउन निम्तो दिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले गृृहमन्त्रीले आफूमाथि लागेको आरोपबारे सार्वजनिक बहस गर्न तयार भएको भन्दै दिएको अभिव्यक्तिबारे समितिमा बहस गर्न आग्रह गरे । 

“माननीय गृहमन्त्रीजीमा उत्साह छ । उर्जा छ, बोल्दै गर्दा हामीभन्दा ठूलै स्वरमा बोल्न सक्नुहुन्छ । आउनुस् बहस गर्नका लागि ठाउँ निर्धारित गर्न चाहन्छु । नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा उहाँलाई निमन्त्रण गर्न चाहन्छु,” उनले भने । 

उनले गृहमन्त्रीको जवाफ मिडियाबाट सुनिएको भन्दै अब संसदीय छानबिन समितिमा जवाफ दिन पाउनुपर्ने बताए । उनले गृहमन्त्रीको सहजताका लागि नै संसदीय समितिको माग गरेको बताए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro