site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने रघुजी पन्तको विश्वास

काठमाडौं । नेकपा (एमाले)का नेता रघुजी पन्तले वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेलाई नेकपा (माओवादी केन्द्र)ले समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पन्तले उपनिर्वाचनबारे माओवादीसँग छलफल भइरहेको पनि जानकारी दिए ।

यसअघि पनि इलाममा एमालेले निरन्तर जितेको र यसपटक पनि सम्भावना भएका व्यक्तिलाई उमेदवार बनाएको उनको भनाइ छ । पन्तले अहिलको सहयात्रालाई बलियो बनाउन पनि माओवादीले समर्थन गर्ने भन्दै त्यसो हुन नसके एक्लै चुनाव लड्ने र जित्ने दाबी गरे ।

एमालेले पहिचानका नाममा राष्ट्रिय एकता कमजोर बनाउने काम नगर्ने उनले बताए ।

त्यस्तै, पन्तले गृहमन्त्रीविरुद्ध छानबिनका लागि कांग्रेसले माग गरेको संसदीय समिति गठनको मागप्रति पुनर्विचार गर्ने बताए ।

सदनमा कुनै बिषयको उठान गरेपछि टुंगा लगाउनुपर्ने दायित्व सोही दलकै रहेको भन्दै उनले अहिले कांग्रेसलाई संसदीय छानबिन समितिको बिषयलाई छाड्न कठिन भएको तर्क गरे ।

उनले अहिलेको अवस्थामा संसदीय छानबिन समिति गठन हुन सक्ने नदेखिएको धारणा राखे ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro