site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अहिलेको संवैधानिक र राजनीतिक प्रणाली समाजवादका लागि बाधक : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अहिलेको संवैधानिक, राजनीतिक प्रणाली समाजवादका लागि बाधक रहेको बताएका छन् । 

मंगलबार समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले व्यवस्थामा आमुल परिवर्तन नगरी समाजवाद स्थापना नहुने बताए । “समाजवादको निर्माण गर्ने क्रममा अहिलेको संवैधानिक र राजनीतिक व्यवस्थाबाट जुन अभ्यास हामीले गर्दैछौँ । यो वास्तवमा लिभरल डेमोक्रेसी हो । उदारवादी व्यवस्था हो पुँजीवादी जस्तै गरी अगाडि बढिरहेको छ,” उनले भने, “अहिलेको संविधानको अभ्यासबाट लिभरल डेमोक्रेसी त अलिक अगाडि बढ्ला । तर, समाजवादको स्थापना हुन सक्दैन । अहिलेको संवैधानिक राजनीतिक प्रणालीमा नै ड्रास्टिक चेन्ज नगरीकन समाजवाद होइन । विकृत पुजीवादतर्फ जान्छौँ ।” 

Dabur Nepal
NIC Asia

उनले रूस वा चीन कुनको समाजवाद नक्कल गर्ने भन्दा भन्दै नेताहरूको उमेर नै बितिसकेको बताए । नेपाली सामाजिक विशेषतामा आधारित रहेर समाजवादको निर्माण गर्नुपर्ने बताए । तर, पूर्वतर्फ जानुपर्नेमा पश्चिमतिर हिँडिरहेको उनको भनाइ छ । 

त्यस्तै, यादवले संघीयतालाई सबलांग बनाउन संविधान संशोधन गर्नुपर्ने बताए । “अहिलेको नेपालको संघीयता भनेको संघीयता जस्तो भएको तर, कुरुप अपांगै भएको,” उनले भने, “यस्तो अवस्थाको संघीयतालाई सपांग र दुरुस्त बनाउन अहिलेको संविधान संशोधन र परिवर्तन नगरी हुँदैन ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro