site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
११ परियोजनामा भित्रियो एक खर्ब ३७ अर्ब, दुई लगानी सम्मेलनमा प्रतिबद्धता मात्रै
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकार अहिले तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । आगामी वैशाख १६ र १७ गते काठमाडौंमा हुने लगानी सम्मेनलमा सरकारले १३० भन्दा बढी परियोजनाहरू प्रस्तुत गर्ने तयारी गरेको छ ।

लगानी सम्मेलनका लागि सरकारले विभिन्न देशका उद्यमी एवं लगानीकर्ताहरूलाई निमन्त्रणा पठाइसकेको छ ।

सरकारले यसअघि सन् २०१७ मा पहिलो लगानी सम्मेलन आयोजना गरेको थियो । त्यसमा विभिन्न देशका २६ कम्पनीले जलस्रोत, प्रविधि, पूर्वाधारलगायत परियोजनामा लगानी गर्न रुचि देखाएका थिए ।

अर्काे लगानी सम्मेलन सन् २०१९ मा आयोजना भएको थियो । त्यतिबेला निजी क्षेत्रबाट १७ र सार्वजनिक क्षेत्रबाट ४६ गरी ६३ परियोजना प्रस्तुत गरिएका थिए ।

४२ परियोजनामा लगानी स्वीकृत

लगानी सम्मेलनमा प्रस्तुत भएका र अन्य गरी बोर्डले हालसम्म ४२ परियोजनामा लगानी स्वीकृत गरेको छ । जसमा २८ ऊर्जा र १४ गैरऊर्जा क्षेत्रका परियोजना छन् ।

यी परियोजनामा १२ खर्ब ५० अर्ब लगानी स्वीकृत भएको छ । स्वीकृत भएमध्येको पाँच खर्ब २५ अर्ब लगानी कार्यान्वयन हुने तथा सञ्चालनमा आउने पक्रियामा छ ।

४२ परियोजनामा लगानी स्वीकृत भए पनि हालसम्म ११ वटा परियोजनामा मात्रै लगानी भित्रिएको छ । लगानी जुटेका ती ११ परियोजनामध्ये सन् २०१९ को लगानी सम्मेलनमा प्रस्तुत भएको एक परियोजना मात्रै छ ।

पश्चिम सेती तथा एसआर सिक्स संयुक्त जलविद्युत् आयोजना २०१९ को लगानी सम्मेलनमा प्रस्तुत भएको थियो । दुई खर्ब ७० अर्ब १२ करोड रुपैयाँ लागतको परियोजनामा ३४ करोड लगानी जुटेको छ ।

११ परियोजनामा एक खर्ब ३७ अर्ब लगानी भित्रियो

बोर्डले हालसम्म ११ वटा परियोजनामा मात्रै लगानी जुटाएको छ । नौ खर्ब १५ अर्ब ८० करोड रुपैयाँका यी परियोजनाका लागि हालसम्म एक खर्ब ३७ अर्ब ८६ करोड रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको छ ।

बोर्डका अनुसार हालसम्म बोर्डमार्फत नेपाल भित्रिएको विदेशी लगानी नै यही एक खर्ब ३७ अर्ब ८६ करोड रुपैयाँ हो ।

कुन परियोजनामा कति ?

अरूण तेस्रो जलविद्युत्: ९०० मेगावाटको यो परियोजनाको कुल लागत एक खर्ब ४४ अर्ब ७६ करोड रुपैयाँ छ । ६५ प्रतिशत भन्दा बढी भौतिक निमार्णको काम भइसकेको अरूण तेस्रो जलविद्युत् परियोजनाका लागि ६४ अर्ब ७० करोड रुपैयाँ लगानी भित्रिसकेको छ ।

पश्चिम सेती तथा एसआर सिक्स : यस संयुक्त जलविद्युत् आयोजनाका लागि ३४ करोड रुपैयाँ लगानी नेपाल भित्रिएको छ । हाल परियोजनाको विस्तृत अध्ययन रिपोर्ट तयार भइरहेको छ ।

माथिल्लो कर्णाली जलविद्युत् : कुल एक खर्ब ६२ अर्ब ४९ करोड रुपैयाँ लागत रहेको परियोजनाका लागि दुई खर्ब ८२ करोड रुपैयाँ लगानी नेपाल भित्रिसकेको छ ।

तल्लो अरूण जलविद्युत् : ९२ अर्ब ६७ करोड रुपैयाँ कुल लागत रहेको यो परियोजनाको विकास सहायताका लागि सम्झौता भइसकेको छ । सोही अनुसार ८४ करोड रुपैयाँ लगानी नेपाल भित्रिएको छ । 

माथिल्लो मर्स्याङ्दी दोस्रो जलविद्युत् : यसको कुल लगानी ७८ अर्ब ३४ करोड रुपैयाँ रहको छ । डीपीआर भइसकेर समीक्षा भइसकेको यो परियोजनाका लागि १० करोड ४० लाख रुपैयाँ भित्रिएको छ ।

माथिल्लो त्रिशूली पहिलो जलविद्युत् : ७३ अर्ब १५ करोड रुपैयाँ कुल लागत अनुमान रहेको यो परियोजना निमार्णाधीन छ । हालसम्म यसका लागि १६ अर्ब ५० करोड रुपैयाँ लगानी भित्रिसकेको छ ।

ह्वासिन सिमेन्ट नारायणी : पूर्णरूपमा सञ्चालनमा आइसकेको ह्वासिन सिमेन्टमा १४ अर्ब ८२ करोड रुपैयाँ विदेशी लगानी भएको छ । यसले दैनिक तीनहजार टन सिमेन्ट उत्पादन गर्छ ।

होङ्सी सिमेन्ट : पूरै ३७ अर्ब ३५ करोड लगानी भइसकेर यो परियोजना सञ्चालनमा आइसकेको छ । यसले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्छ ।

रिजन सौर्य : कुल १९ अर्ब ८१ करोड रुपैयाँ लागत रहेको यो परियोजनाका लागि आठ करोड ७० लाख रुपैयाँ लगानी भित्रिएको छ ।

डोल्मा सोलार : कुल २२ अर्ब पाँच करोड रुपैयाँ लागत रहेको डोल्मा सोलार परियोजनाका लागि ६ करोड दुई लाख रुपैयाँ लगानी नेपाल भित्रिएको छ ।

भेन्चर वेस्ट टू ऊर्जा : धरानमा सञ्चालनमा आइसकेको फोहरबाट विद्युत् उत्पादन गर्ने यो परियोजनामा २४ करोड रुपैयाँ विदेशी लगानी भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro