site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रोजगारीका निम्ति १० नर्स बेलायत जाँदै  
तस्बिर : एनएचएस
SkywellSkywell

काठमाडौं । सरकारले रोजगारीका निम्ति आज (सोमबार) दोस्रो चरणमा नर्स बेलायतमा पठाउँदै छ । आज राति १० नर्स बेलायत उड्न लागेको वैदेशिक रोजगार विभागका जीटूजी शाखा निर्देशक गिरीराज ज्ञवालीले जानकारी दिए । 

जीटूजी प्रक्रियाबाट पहिलो चरणमा बेलायत जान ४२ नर्स छनोट भएका थिए । उनीहरूमध्ये १२ जना फेब्रुअरी अन्तिम साता नै त्यहाँ पुगिसकेका छन् । अप्रिल २ र ३ मा गरी २० नर्स बेलायत उड्ने ज्ञवालीले बताए । पाइलट कार्यक्रमको रूपमा पहिलो चरणमा नेपालले एकसय नर्स पठाउने योजना बनाएको थियो । 

Dabur Nepal
NIC Asia

योग्यता मापदण्डका आधारमा ७१ जनाले अन्तर्वार्ता दिए पनि ४५ जना मात्रै बेलायत जान छनोट भएका थिए । तीमध्ये तीनजना व्यक्तिगत कारणले नजाने भएपछि ४२ जना मात्रै पठाउन लागिएको विभागले जनाएको छ । 

बेलायत पुगेका नर्सहरूले पाँच वर्षसम्म त्यहाँको नेसनल हेल्थ सर्भिस (एनएचएस) अन्तर्गत रहेर सेवा दिनेछन् । यसअघि त्यहाँ पुगेका १२ जनाले मार्चदेखि ह्याम्सहायर हस्पिटल्स् एनएचएस फाउन्डेसन ट्रष्टको नर्सिङ टिममा सामेल भइसकेको एनएचएसले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu