site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुरको बस्नेत परिवारकै मृत्यु भएको जीप दुर्घटनाको सात वर्षपछि चालक पक्राउ

काठमाडौं । प्युठानको स्वर्गद्वारी जीप दुर्घटनाको सात वर्षपछि त्यसका चालक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चालक ललितपुरका सरोज घलेलाई पक्राउ गरेको हो । २७ वर्षीय घलेलाई ललितपुरकै ग्वार्कोबाट पक्राउ गरिएको सो कार्यालयका एसपी नकुल पोखरेलले जानकारी दिए ।

स्वर्गद्वारी मन्दिर दर्शनका निम्ति ललितपुरबाट बा८च१५६१ नम्बरको स्कार्पियो जीप प्युठान पु¥याइएको थियो । जीपमा सातदोबाटोका दिनेशध्वज बस्नेतसहित उनको परिवारका आठजना सवार थिए । ०७३ चैत १० गते बिहान ललितपुरबाट हिँडेको जीप सोही साँझ प्युठान पुगेको थियो ।

Dabur Nepal
NIC Asia

त्यसको भोलिपल्ट बिहान बस्नेत परिवार मन्दिर दर्शन गर्ने योजनासहित बास बसेको होटेलबाट निस्किएको थियो । तर, स्वगद्वारी मन्दिर पुग्न करिब तीन किलोमिटर बाँकी हँुदा जीप दुर्घटना भयो । जीप सडकबाट करिब ४०० मिटर तल सखेको थियो । जीपका चालक सरोज थिए ।

४३ वर्षीय दिनेशध्वज, उनकी श्रीमती प्रभा बस्नेत, उनीहरूका छोरीद्वय २१ वर्षीया दीक्षा र नौ वर्षीया दीया, २३ वर्षीया सृष्टि बञ्जाडे खत्री र ४६ वर्षीया अम्बिका गजुरेल गरी दुर्घटनास्थलमा ६ जनाको मृत्यु भएको थियो । सुशीला जिसी र सुनीता श्रेष्ठ घाइते भएका थिए । उपचारका क्रममा बुटवलस्थित अस्पतालमा ५३ वर्षीया सुनीताको मृत्यु भयो ।

मन्दिर दर्शनका निम्ति प्युठान पुगेको बस्नेत परिवारको दर्दनाक सडक दुर्घटनामा परी अन्त्य भएको थियो । चालक सरोज सामान्य घाइते थिए । सामान्य उपचारपछि उनी फरार भएका थिए ।

सरोज सम्पर्कविहीन भएपछि प्रहरीले घटनाको अनुसन्धान समेत अघि बढाएको थिएन । हाल उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवं डीएसपी ईश्वर थापाले जानकारी दिए ।

“मुद्दा अदालती प्रक्रियामा नै गएको छैन । अब हामी अनुसन्धान थालेर मुद्दा बुझाउँछौँ,” डीएसपी थापाले बाह्रखरीसित भने ।

उपत्यका प्रहरी कार्यालयको टोलीले सोमबार सरोजलाई प्युठान पठाएको छ । पछिल्लो समय उनले दक्षिण ललितपुर क्षेत्रमा ठूलो सार्वजनिक बस चलाएको खुलेको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro