site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
न्यारोबडी विमान खरिदबारे जवाफ पेस गर्न निगमलाई संसदीय समितिको निर्देशन
Sarbottam CementSarbottam Cement

काडमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले न्यारोबडी विमान खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकबाट यस्तो निर्देशन दिइएको हो ।

न्यारोबडी विमान खरिद प्रक्रियामा भ्रष्टाचारजन्य कार्य नभएको विश्वास हुने गरी स्पष्ट जवाफ पेस गर्न समिति सभापति राजकिशोर यादवले निर्देशन दिए । उनले न्यारोबडी विमानका विषयमा उपसमिति बनाएर छानबिन गरिने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिलाई विश्वास दिलाउन नसके थप कारबाहीका निम्ति बाध्य हुने उनले चेतावनी दिए । उनले निगमले विमान खरिदपछि बनाएको व्यावसायिक योजना पनि पेस गर्न निर्देशन दिए ।

युरोपियन युनियनको कालोसूचीबाट हट्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र निगम एक ठाउँमा हुन जरुरी रहेको उनले बताए । न्युज एजेन्सी नेपाल

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय