
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरेको छ । बैंकले ग्लोबल मनी विक, २०२४ को अवसरमा आर्थिकरूपमा सचेत र सशक्त बनाउने उद्देश्यले मार्च १८ देखि २४ सम्म सप्ताहव्यापी रूपमा देशभर नै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३४ स्थानमा विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको थियो ।
बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीहरूमा वित्तीय ज्ञान, सिप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा १,७६० जना विद्यार्थीको सहभागिता थियो ।
साथै, विद्यार्थीहरूलाई बैंकको आधारभूत बैकिङ सञ्चालन र विभिन्न बैंकिङ माध्यमहरूसम्बन्धी व्यवहारिकरूपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ३२४ जना विद्यार्थीलाई बैंकको विभिन्न शाखामा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो ।