site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठन गर्नुको विकल्प छैन : बद्री पाण्डे
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुको विकल्प नरहेको बताएका छन् ।

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले संसद्‌मा विषयवस्तु राख्न दिएको कुरालाई पछि हटेको भन्ने नसोच्न सरकारको ध्यानाकर्षण गराए । उनले सरकारबाट संसदीय समिति गठन गर्ने कुनै प्रयास र सहमति नभएको पनि बताए ।

सांसद पाण्डेले कांग्रेसको मागलाई सरकारले बेवास्ता गरे कठोर ढंगले प्रस्तुत हुने चेतावनी दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गृहमन्त्रीलाई 'क्लिन चिट' दिनुले पनि झनै शंका उब्जिएको बताए ।

"अनुसन्धान गर्नुपर्ने निकायले नै अनुसन्धानको ढोका बन्द गरेपछि अब संसदीय समितिबाट छानबिन गर्नुको विकल्प रहेन । यो पछिल्लो घटनाक्रमले झनै संसदीय समिति गठन गर्नुपर्ने र संसदीय छानबिन समितिबाटै छानबिन हुनपर्ने औचित्य बढेको महसुस भएको छ," उनले भने ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro