site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगारीमा जानेको संख्या १२.८४ प्रतिशतले घट्दा नेपाल भित्रने रेमिट्यान्स २१.६ प्रतिशतले बढ्यो 
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा वैदेशिक रोजगारीमा जान चार लाख ७१ हजार २१० जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, गएको साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उनीहरूले श्रम स्वीकृति लिएका हुन् ।

चालु आर्थिक वर्ष सुरु भएपछि दैनिक औसतमा एक हजार ९६३ जनाभन्दा धेरैले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको देखिन्छ । गत आर्थिक वर्ष २०७९/८० को पहिलो आठ महिनामा वैदेशिक रोजगारीमा जान पाँच लाख ४० हजार ६७५ जनाले श्रम स्वीकृति लिएका थिए ।

Dabur Nepal
NIC Asia

गत वर्षभन्दा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जानका निम्ति श्रम स्वीकृति लिनेको संख्यामा ६९ हजार ४६५ ले कमी आएको छ । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष श्रम स्वीकृति लिनेको संख्या १२.८४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो आठ महिनामा दैनिक औसतमा दुई हजार २५२ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

विभागका अनुसार, गएको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ७१ हजार २७६, पुसमा ६५ हजार ८१३, माघ ६२ हजार १४७ र फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएका छन् ।

०७९ सालको साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६, कात्तिकमा ७८ हजार ३७०, मंसिरमा ६८ हजार ५६४, पुसमा ६५ हजार ४६४, माघमा ६४ हजार २८४ र फागुनमा ६१ हजार ८४५ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि नेपाल भित्रने रेमिट्यान्स घटेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो साता महिना (साउनदेखि फागुनसम्म)मा नेपाल भित्रने रेमिट्यान्स २१.६ प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिमा आठ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपालमा भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स २७.१ प्रतिशतले बढेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro