site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
योजना बनाएको कति समयसम्म सन्तान नहुनु निःसन्तानपनसम्बन्धी समस्या हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय दम्पतीमा निःसन्तानपनको समस्या बढ्दो छ । विवाहपछिको लामो समयसम्म पनि सन्तान नहुँदा नकारात्मक घटनाहरू पनि बढ्दै गएका छन् ।

सामान्यत: दम्पतीले परिवार योजना बनाएको निरन्तर एक वर्षसम्म पनि गर्भधारण नहुनु निःसन्तानपनसँग सम्बन्धित समस्या हो । केही वर्ष बित्दा सन्तान नहुने समस्यालाई महिलासँग मात्रै जोडेर हेर्ने अभ्यास अहिले पनि समाजमा छ । तर, यसमा एक तिहाइ पुरुष र एक तिहाइ महिलाको भूमिका रहन्छ । बाँकी एक तिहाइको कारण भने पहिचान हुन सक्दैन ।

Prabhu Bank
Agni Group
NIC Asia

महिलामा ३० वर्षको उमेरपछि सजिलै गर्भ रहने सम्भावना कम हुँदै जान्छ । यस्तै  मोटोपना, पाठेघरमा ट्युमर, अण्डाको क्षमता कमजोर हुनुजस्ता कारणले निःसन्तनापन हुनसक्छ ।

पुरुषमा शुक्रकिट कम हुने, शुक्रकिटको क्षमता ह्रास हुने, यसको आकारप्रकार सामान्य नहुने जस्ता कारणले सन्तान नहुन सक्छ ।

Global Ime bank

यस्तै, पछिल्लो समय बदलिँदो जीवनशैली, खानपानमा सन्तुलन नहुनु, मदिरा तथा धूमपानले पनि निःसन्तानपन निम्त्याइरहेको छ । हिजोआज पोषणयुक्त खाना भन्दा पनि अस्वस्थ खाना बढी खाइने हुँदा यो नै निःसन्तानपनको मुख्य कारण बन्दै गएको छ ।
तर, निःसन्तानपनका लागि आईभीएफलगायत विभिन्न वैकल्पिक उपचार पद्धति विकास भइसकेकाले पारिवारिक तनाव सृजना गर्नुभन्दा उपचार र परामर्श सेवा लिनुपर्दछ ।

आम दम्पतीमा तीनदेखि पाँच प्रतिशतलाई मात्रै आईभीएफ उपचार चाहिन्छ । प्रसूति गृहको निःसन्तान ओपीडीमा दैनिक ४० देखि ६० जना उपचारका लागि आइपुग्छन् । यसरी आउनेमा पाँचदेखि सात प्रतिशतलाई मात्रै आईभीएफ चाहिन्छ  ।

निःसन्तान दम्पतीमध्ये केहीलाई सामान्य उपचारबाट पनि ठिक हुन्छ । केही महिलामा महिनावारी नियमित हुने औषधिले त केहीमा मोटोपन घटाउँदा पनि गर्भ रहने सम्भावना रहन्छ ।

(वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारीसँगको कुराकानीमा आधारित) 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement