देश
दैलेख । दैलेखको भैरवी गाउँपालिका–७, पानीपोखरीमा शनिबार बेलुका चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको छ ।
चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका निम्ति सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख दीपक मगराठीले बताए ।
चट्याङ लागेर एउटा खसी समेत मरेको जनाइएको छ । दैलेखमा बेलुका ५ बजेतिर हावाहुरीसहित पानी परेको थियो । रासस
प्रकाशित मिति: शनिबार, चैत १७, २०८० २१:५५
प्रतिक्रिया दिनुहोस्