site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘एक्कासि’ हावाहुरीसहित यसकारण भयो वर्षा
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशका केही स्थानमा शनिबार बेलुका वर्षा भयो । हल्का हावाहुरी र मेघगर्जनसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावसँगै ‘लोकल सिस्टम’ थपिँदा काठमाडौंसहितका स्थानमा वर्षा भएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । यो प्रणाली विस्तारै पूर्वतिर लागेको उनले बताए ।

“स्थानीय वायुको प्रभाव त छँदै छ, लोकल सिस्टम पनि डेभलप भयो,” उनले बाह्रखरीसित भने, “पोखरामा बनेको यो सिस्टम त्यहाँदेखि यता (काठमाडौं) आयो । यो सर्दै पूर्वतिर जाने देखिन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार, लोकल सिस्टम छोटो अवधिमा विकास हुन्छ । छोटो समयमै यो कमजोर हुने उनले बताए । “अहिले प्रिमनसुनको समय हो । प्रिमनसुनमा यस्ता गतिविधि हुन्छ,” उनले भने, “लोकल सिस्टम अरूजस्तो धेरैअघि संकेत देखिँदैन । केही समयमै बनेर एक/डेढ घण्टामै निष्क्रिय हुने हुन्छ ।”

शनिबार करिब तीन घण्टाको अवधिमा विकास भएर पोखराको आकाश आसपासबाट स्थानीय प्रणाली (लोकल सिस्टम) काठमाडौं आइपुगेको उनको भनाइ छ ।

Global Ime bank

शनिबारै कैलालीको टीकापुर आसपास अर्को स्थानीय प्रणाली पनि विकास भएको उनले जानकारी दिए । उक्त प्रणालीका कारण कैलालीसँगै सुर्खेतको वीरेन्द्रनगर, बाँकेको नेपालगन्जलगायत क्षेत्रमा वर्षा भएको उनले बताए ।

त्यो प्रणालीको प्रभाव काठमाडौंसम्म भने नपर्ने उनले स्पष्ट पारे । “त्यो (लोकल सिस्टम) पोखरासम्म पुग्न सक्छ । तर, प्रभाव विकास भएको क्षेत्रतिरै बढी पर्छ,” उनले भने, “काठमाडौंसम्म वर्षा हुने गरी आइपुग्दैन । केही बादलसम्म लाग्न सक्छ ।”

सो क्षेत्रमा स्थानीयसँगै पश्चिमी वायु, अरेबियन सागरको जलवाष्पयुक्त वायु र भारतको आसाम आसपासको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहेको उनले बताए ।

उनका अनुसार, आइतबार (भोलि)को मौसममा उल्लेख्य फेरबदल हुने देखिएको छैन । “तर, आजको जस्तै लोकल सिस्टम डेभलप भएर बेलुकीपख वर्षा हुने सम्भावना यो प्रिमनसुन सिजनमा हुन्छ,” उनले भने, “तत्कालै बन्ने यस्तो सिस्टम प्रणालीमा पहिल्यै देखिँदैन ।”

प्रिमनसुनमा शनिबारको जस्तो ‘एक्कासि’ हावाहुरी, मेघगर्जन/चट्याङ र वर्षा हुने उनले बताए । यो नै प्रिमनसुनको ‘नेचर’ भएको उनको भनाइ छ ।

प्रिमनसुन मनसुन सुरु हुनुभन्दा पहिलेको समय हो । प्रिमनसुनमा यस्ता गतिविधि सामान्य रहेको महाशाखाले जनाएको छ । अंग्रेजी महिनाको मार्च, अप्रिल र मेलाई प्रिमनसुन समय मान्ने गरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  २१:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement