site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुखले च्यापिएर बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

डोटी । डोटीमा दाउरा काट्ने क्रममा रुखले च्यापिएर एक बालकको मृत्यु भएको छ । सायल गाउँपालिका–२, खरगडाका मदन बोहराका १४ वर्षीय छोरा तिलकको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिं नेगीले जानकारी दिए ।

उनका अनुसार, सायल–५, पटकानीस्थित मामाघरमा बस्दै आएका बोहरा रानीवन जंगलमा दाउराका निम्ति बाँझको रुख काट्ने क्रममा दिउँसो १२ बजे सोही रुखले च्यापिएर गम्भीर घाइते भएका थिए । घाइते बोहरालाई उपचारका निम्ति जिल्ला अस्पताल डोटी ल्याइएकामा दिउँसो ३ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा गएको उनले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro