site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
छलफलमा जुटे प्रचण्ड, ओली र देउवा
तस्बिर : प्रदीपराज वन्त ।
Argakhachi Cement Island Ad

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा तीन नेताबीच सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी)का विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।

टीआरसीका विषयमा सहमतिमा पुग्न नेताहरू छलफलमा जुटेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्