site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचन एमालेले जित्छ : ओली
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टी विजयी हुने जिकिर गरेका छन् । उनले इलाम निर्वाचन क्षेत्र नम्बर–२ र बझाङ–१ ‘क’मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि योपटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने उल्लेख गरे । तत्कालीन अवस्थामा एमालेका हस्ती नेताहरूले पार्टी विभाजन गरेर जाँदा पनि धेरै ठाउँमा हारको सामना गर्नुपरेको उनले स्मरण गरे ।

“विगतमा विभिन्न कारणले र एउटा महत्त्वपूर्ण कारण हाम्राविरुद्धको अत्यन्तै खतरनाक गठबन्धन, हामी एकातिर अरू सबै एकातिर भएको अवस्था त्यसको हामीले सामना गर्नुपरेको थियो,” उनले भने, “र, पराजयको पीडा व्यहोर्नुपरेको थियो । यसपल्ट हामी त्यस पीडालाई सुखद् परिणामतर्फ रूपान्तरित गर्न चाहन्छौँ । परिवर्तन गर्न चाहन्छौँ । यसपटक हामी हार्दैनौँ । यसपटक हामी जित्छौँ ।”

अध्यक्ष ओलीले एमालेले सो उपनिर्वाचनमा हार्नुपर्ने कुनै कारण नरहेको पनि बताए । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro