site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिक भर्तीकेन्द्र बनेको खेलकुद मन्त्रालय सुधार गर्दै छु : मन्त्री श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालय राजनीतिक भर्तीकेन्द्र बनेको भन्दै आफूले सुधार गरिरहेको बताएका छन् । शनिबार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले खेलका बारेमा जानकारी नभएका व्यक्ति विभिन्न निकायमा नियुक्त भएको अवस्थालाई सुधार गरी कारबाही अघि बढाइएको जानकारी गराए । आफूले खेलाडीहरूलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको उनले जिकिर गरे ।

अन्तर्राष्ट्रिय निकाय नेपालको खेलजगत्मा काम गर्न तयार रहे पनि यहाँका नीति र पहिलाका विकृतिले सहज नभएको उनले उल्लेख गरे । उनीहरूलाई उचित वातावरण बनाउने काम भइरहेको मन्त्री श्रेष्ठको भनाइ छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro