site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा ब्राउन सुगरसहित चारजना पक्राउ
Dabur Nepal
NIC Asia

काठमाडौं । झापाका विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् । बिहीबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिका–४ का २३ वर्षीय सलिम आलम, शिवसताक्षी नगरपालिका–१० का २८ वर्षीय अजय बस्नेतसहित चारजना पक्राउ परेका हुन् ।

प्रहरीले आलमको साथबाट ९७० मिलिग्राम बस्नेतको साथबाट ३ ग्राम १८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । उनीहरूसँगैका अन्य दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro