site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आधा आकाश ओगट्ने महिलालाई नसमेटी चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधा आकाश ओगट्ने महिलालाई नसमेटी चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताएका छन् । शुक्रबार ललितपुरमा सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

महिला आर्थिक हिसाबले सशक्त नभई साँचो अर्थमा सशक्तीकरण हुन नसक्ने उनले उल्लेख गरे । महिला सशक्तीकरणका निम्ति सबैभन्दा पहिला आर्थिक पहुँचलाई सशक्त बनाउन आवश्यक रहेको उनले औँल्याए ।

Argakhachi Cement Island Ad

“आर्थिक हिसाबले सशक्त नभई साँचो अर्थमा सशक्तीकरण हुन पनि सक्दैन । आजको संसारमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिलो आर्थिक पहुँचलाई सशक्त बनाउने कुरा नै हो,” उनले भने । 

प्रधानमन्त्री प्रचण्डले महिलाको नेतृत्वमा सञ्चालित उद्योगलाई प्रवद्र्धन गर्न कर छुटलगायत सुविधा उपलब्ध गराउन पहल गर्ने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्