site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अर्जेन्टिनी कप्तान मेसी भन्छन्– टिमलाई सहयोग गर्न नसके सन्न्यास लिनेछु

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसीले आफ्नो सन्नयासमा उमेरले कुनै भूमिका नखेल्ने बताएका छन् । मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका मेसीले एक पोडकास्टमा तत्काल सन्न्यासबारे कुनै योजना नरहेको संकेत नगरेका हुन् ।

“मैले कहिले राम्रो खेलिनँ, फुटबलमा रमाउन सकिनँ र टिमका सहकर्मीलाई सहयोग गर्न सकिनँ भन्ने मलाई थाहा हुन्छ । म धेरै आत्मालोचना गर्छु । मलाई कहिले राम्रो भएको छ र कहिले नराम्रो भइरहेको छ भन्ने थाहा हुन्छ,” पोडकास्ट कार्यक्रममा मेसीले भने, “यदि, मैले नराम्रो खेलेँ भने र मलाई सन्न्यासको घोषणा गर्नुपर्छ भन्ने लाग्छ, म मेरो उमेर नसोची यो कदम चाल्नेछु । मैले राम्रो महसुस गरेसम्म म प्रतिस्पर्धा गर्नेछु । किनकि, यो त्यही कुरा हो, जसको मलाई राम्रो जानकारी छ ।”

Dabur Nepal
NIC Asia

आठपटकका बालोन डी‘अर विजेता मेसीले अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप उपाधि दिलाएका थिए । यसै मार्चको फिफा विन्डोमा चोटका कारण मेसीले राष्ट्रिय टिमबाट दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल गुमाएका थिए । “टिमले कतार विश्वकपमा जस्तो प्रदर्शन गर्न नसके म राष्ट्रिय टिम छोड्नेछु,” मेसी थपे ।

स्पेनिस क्लब बार्सिलोनामा अधिकांश व्यावसायिक करियर बिताएका मेसीले सन् २०२१ मा क्याटालन क्लब छोडेका थिए । बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका मेसीले त्यहाँ दुई सिजन बिताएपछि एमएलएस आउने निर्णय लिएका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro