site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रेम चलाउनेमाथि कुटपिट घटनामा दोषी ठहर भएका रविन लामा पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट घटनामा जिल्ला अदालतबाट दोषी ठहर भएका रविनमान लामा पक्राउ परेका छन् ।

उनलाई आज काठमाडौंबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीले बाह्रखरीलाई जानकारी दिए ।

गएको मंसिर ७ गते काठमाडौं जिल्ला अदालतले कुटपिट घटनामा उनीसहित ६ जनालाई दोषी ठहर गरेको थियो । उनीहरूलाई जनही दुई वर्षको कैद सजायको फैसला भएको छ । साथै पीडित चलाउनेको उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्तिसमेत भराउन भनिएको छ ।

उच्च अदालत पाटनले ०७७ फागुनमा चलाउनेमाथि कुटपिट गर्नेहरूबाट एक लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति भराउन भनेको थियो । उच्चले उनीहरूलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न भनेको थियो । धरौटी रकम नबुझाए थुनामै राखेर पुर्पक्षको काम गर्न भनिएको थियो ।

तर, लामा त्यतिबेलादेखि नै फरार थिए । उनीविरुद्ध ०७८ वैशाख १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो ।

०७७ कार्तिक २० गते चलाउनेले काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा उक्त मुद्दा दर्ता गराएका थिए । तर अदालतले कुटपिट र अंगभंगमा दोषी ठहर गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  २१:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro