बाह्रखरी फोटो
काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड वुल्भ्सले १८.३ ओभरमा सबै विकेट गुमाएर १२७ रनमात्र जोड्न सक्यो ।
योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड वुल्भ्ससँगको दुवै खेल आफ्नो पक्षमा पारेको छ । यसअघि पहिलो खेलमा नेपालले वुल्भ्सलाई ६ विकेटले हराएको थियो ।
तस्बिरहरू हेर्नोस्
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८० १६:५४
प्रतिक्रिया दिनुहोस्