site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
इन्द्रचोकमा एसियन पेन्ट्सको होली कार्यक्रम
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसियन पेन्ट्सले काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्यान्डको सहकार्यमा चैत ११ गते काठमाडौंको इन्द्रचोकमा रंगको पर्व होली मनाएको छ ।

नेपाली संस्कृति र समुदायको पहिचान झल्काउने उद्देश्यका साथ सांस्कृतिक कुटुम्बको सहकार्यमा यस कार्यक्रम आयोजना गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार दिउँसो १ बजेबाट सुरु भएको उक्त कार्यक्रम दिउँसो ४ बजेसम्म चलेको थियो । कार्यक्रममा कुटुम्ब ब्यान्डको सांस्कृतिक प्रस्तुति रहेको थियो । सांगीतिक प्रस्तुतिबाहेक सहभागीहरूले फोटोबुथ र एसियन पेन्ट्स बाथसेन्सको ओपन सावरको पनि मजा लिएका थिए ।

कार्यक्रमको बारेमा उत्साह व्यक्त गर्दै एसियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर गोपाल कृष्णनले सामाजिक सद्भाव र एकता बढाउने यस होली पर्वमा कार्यक्रम आयोजना गर्न पाएकोमा निकै हर्षित भएको बताए ।

Global Ime bank

“काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्यान्डसँग होली मनाउन पाउँदा हामीले गौरवान्वित महसुस गरेका छौँ । हामी सहभागीहरूको उत्साहजनक प्रतिक्रिया देखेर निक्कै खुसी छौँ । र, हाम्रो यो विविधतालाई प्रवर्धन गर्न यो प्रयास जारी राख्ने आशा गर्दछौँ,” उनले भने ।

अघिल्लो वर्षझैँ काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्यान्डकासँगको सहकार्यमा भएको यस कार्यक्रमले यसपालि पनि भरपुर सफलता पाएको आयोजकहरूले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement