site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मस्को आक्रमण : मृत्यु हुनेको संख्या १३३ नाघ्यो, अमेरिकाले दिएको थियो चेतावनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल)मा शुक्रबार राति भएको आक्रमणमा मृत्यु हुनेको संख्या १३३ नाघेको छ । मृत्यु हुनेमा बालबालिकादेखि वृद्ध पनि छन् ।

बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएर गरेको आक्रमणमा घाइते हुनेको संख्या १२१ छ । १०७ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । यो क्रूर नरसंहारमा प्रत्यक्ष संलग्न चार अपराधीसहित ११ जनालाई हिरासतमा लिइएको रूसी संघीय सुरक्षा सेवा (एफएसबी)ले जनाएको छ ।

व्यापारिक केन्द्रसहितको हलमा शुक्रबर राति रक ब्यान्ड पिकनिकले प्रदर्शन गर्ने तयारी थियो । करिब ६ हजार २०० टिकट बिक्री भइसकेका थिए । चार संदिग्ध युक्रेनतर्फ भाग्ने प्रयास गर्दा पक्राउ परेको एजेन्सीले शनिबार बताएको हो । आक्रमणकारीले बन्दुकपछि पेट्रोल बम वा अन्य आगो फैलाउने विस्फोट फालेर हलमा आगो लगाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

आगो निभाउन हेलिकोप्टरबाट पनि पानी फालिएको थियो । घटनास्थलमा पुलिसको गाडी, एम्बुलेन्स र आगो निभाउने टोली एवं उपकरण खटिएका थिए । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार दिउँसो जनतालाई सम्बोधन गर्दै सिंगो देश शोकमा परेको भन्दै दुख व्यक्त गरेका थिए ।

उनले हत्याराहरूलाई दोस्रो विश्वयुद्धका नाजीहरूसँग तुलना गर्दै रूसी एकतालाई कसैले कमजोर पार्न नसक्ने बताए । घटनाको पछाडि को हो भन्ने पत्ता लगाएर सजाय दिने चेतावनी उनले दिएका छन् । आक्रमणमा परी ज्यान गुमाएकाहरूको शोकमा रूसमा आइतबार राष्ट्रिय शोक मनाइने पुटिनले बताएका थिए ।

Global Ime bank

रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले गरेको आक्रमणको टिप्पणीको कडा निन्दा गरेकी छिन् । जेलेन्स्कीले घटनाको पछाडि मस्कोकै हात रहेको टिप्प्णी गरेका थिए । मस्कोका गभर्नर एन्ड्रे भोरोब्योभले क्रोकस सिटी हलमा उद्धार कार्य सम्पन्न भएको घोषणा गरेका छन् ।

आक्रमणको घटनालाई लिएर विश्वभरबाट निन्दा भइरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार एक विज्ञप्ति जारी गरी मस्कोमा भएको आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

दुई हप्ताअघि नै अमेरिकी चेतावनी
जिहादी समूह इस्लामिक स्टेट (आईएस)ले आक्रमणको पछाडि आफ्नो हात रहेको भनेको छ । रूसले घटनाको अनुसन्धान गरिरहेको छ । यो आक्रमणका घटना करिब दुई साताअघि अमेरिकी गुप्तचरले दिएको चेतावनीसँग मिल्न गएको छ ।

मार्च ७ मा मस्कोस्थित अमेरिकी दूतावासले एक अलर्ट जारी गर्दै लेखेको थिया,े “अतिवादीहरूले मस्कोमा कन्सर्टलगायत ठूला जमघटलाई लक्षित गर्ने योजना बनाएको रिपोर्ट छ । अमेरिकी नागरिकहरूलाई ठूला जमघट नगर्न सल्लाह दिइन्छ ।” तर, उक्त चेतावनी ४८ घण्टाका लागि मात्रै थियो । रूसी अधिकारीहरूले अमेरिकी खुफिया जानकारी अस्पष्ट रहेको गुनासो गरेका छन् । एजेन्सीहरूको सहयोगमा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC