site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी प्रदेशमा हुनेछ वर्षा, काठमाडौंमा दिउँसोदेखि पानी पर्ने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंसहित देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । सो समयअघि भने घाम लाग्न सक्ने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए । “आइतबार बिहान मौसममा सुधारजस्तो देखिन्छ । सफाजस्तै हुनेछ,” उनले भने, “१२–१ (दिउँसो) बजेपछि वर्षाको सम्भावना छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंमा आज दिउँसो करिब १२ बजेदेखि बदली (आकाशमा बादल लाग्ने)को सम्भावना रहेको उनले बताए । काठमाडौंमा आइतबार दिउँसो २–३ बजे आसपासदेखि वर्षा हुन सक्ने उनले उल्लेख गरे । “लगभग १२ बजेदेखि बदली र २–३ बजेतिर पानी पर्नेजस्तो देखिन्छ,” उनले भने । हल्कासम्म वर्षा हुने र त्यो निरन्तर नहुने उनको भनाइ छ ।

महाशाखाका अनुसार आज कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी  भू–भागमा आंशिकदेखि मुख्यतया सफा रहेको छ ।

Global Ime bank

दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement