site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा आइतबार दिउँसो, सोमबार बिहानैदेखि पानी पर्ने
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । देशका केही स्थानमा आइतबार (भोलि) र सोमबार (पर्सि) पनि वर्षा हुने सम्भावना छ । आइतबारको तुलनामा सोमबार वर्षाको सम्भावना बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंसहित देशका केही स्थानमा आइतबार दिउँसो वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । सो समयअघि भने घाम लाग्न सक्ने उनले बताए ।

“आइतबार बिहान मौसममा सुधारजस्तो देखिन्छ । सफाजस्तै हुनेछ,” उनले बाह्रखरीसित भने, “१२–१ (दिउँसो) बजेपछि वर्षाको सम्भावना छ ।”

काठमाडौंमा आइतबार दिउँसो करिब १२ बजेदेखि बदली (आकाशमा बादल लाग्ने)को सम्भावना रहेको उनले बताए । काठमाडौंमा आइतबार दिउँसो २–३ बजे आसपासदेखि वर्षा हुन सक्ने उनले उल्लेख गरे ।

“लगभग १२ बजेदेखि बदली र २–३ बजेतिर पानी पर्नेजस्तो देखिन्छ,” उनले भने । हल्कासम्म वर्षा हुने र त्यो निरन्तर नहुने उनको भनाइ छ ।

सोमबार ‘डिस्टर्ब’
आउँदो सोमबार देशका धेरै स्थानमा मौसम पूर्ण ‘डिस्टर्ब’ हुने सम्भावना छ । दिनभरि नै बदली र आइतबार (भोलि)को तुलनामा सोमबार वर्षाको सम्भावना पनि बढी रहेको मौसमविद् अर्यालले बताए ।

“सोमबार बिहानैदेखि वर्षा हुने सम्भावना छ । निरन्तर पर्दैन, रोकिने, पर्ने हुन्छ,” उनले भने । सोमबार हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

काठमाडौंमा पनि सोमबार बिहानैदेखि वर्षाको सम्भावना रहेको उनले बताए ।

उनका अनुसार, आउँदो मंगलबार पनि मौसम सफा हुने सम्भावना कम छ । तर, त्यसबारेमा अहिले नै स्पष्ट भन्न नसकिने उनले बताए । “सिस्टम (मौसमी प्रणाली) आइरहेको छ, सफा छैन,” उनले भने, “तर, धेरै दिनपछिको ठ्याक्कै पूर्वानुमान गर्न गाह्रो हुन्छ ।”

शनिबार पनि काठमाडौंसहितका केही स्थानमा वर्षा भएको छ । गएको बुधबारयता बेलाबेलामा मौसम खुल्ने र बदली र वर्षा पनि भइरहेको छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

“कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ,” महाशाखाले सोमबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअन्तर्गत ‘२४ घण्टाका लागि चेतावनी तथा परामर्श’मा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २१:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro