site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनभीए भलिबलमा हेल्प नेपाल र एभरेस्ट च्याम्पियन

काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स र एभरेस्ट भलिबल क्लव आठौँ आरबीबी एनभीए भलिबल च्याम्पियनसिपको च्याम्पियन भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न च्याम्पियनसिपमा हेल्प नेपाल पुरुषतर्फ र एभरेस्ट महिलातर्फ विजेता बनेका हुन् ।

च्याम्पियन टोली हेल्प नेपाल र एभरेस्ट भलिबल क्लबले समान पाँच लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै उपाधि रक्षा गर्‍यो । हेल्प नेपालले आर्मीलाई २०–२५, २७–२५, २३–२५, २९–२७ र २२–२० को रोमाञ्चक सेटमा हरायो । उपविजेता आर्मीले दुई लाख रुपैयाँसहित ट्रफी पायो ।

महिलातर्फ फाइनलमा एभरेस्टले नेपाल पुलिस क्लबलाई ३–१ ले हरायो । पहिलो सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै एभरेस्ट पहिलोपटक च्याम्पियन बनेको हो ।

पुलिसले समूह चरणमा एभरेस्टमाथि ३–२ को जित निकालेको थियो । फाइनलमा भने एभरेस्टले बदला लिँदै पहिलो उचाल्यो । फाइनलमा एभरेस्टले पुलिसलाई १९–२५, २५–२२, २५–१८ र २५–१९ ले हरायो । उपविजेता पुलिसले दुई लाख रुपैयाँसहित ट्रफी पायो ।

महिलातर्फ शुक्रबार नै एपीएफ तेस्रो भएको थियो । पुरुषतर्पm शनिबार तेस्रो स्थानका निम्ति भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई २५–१६, २५–२० र २९–२७ ले हरायो ।

नेपाल भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगिता आठ दिनसम्म चलेको थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro