site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वर्णिम वाग्ले भन्छन्– महरालाई कानुनी घेरामा ल्याउन सक्छौँ भने अरू त त्यति ठूलो रहेन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले रास्वपा नेपाली राजनीतिको लोकतान्त्रिक मूल प्रवाहमा आइसकेको जिकिर गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । रास्वपा नेपाली राजनीतिमा स्थापित भइसकेको उनको भनाइ छ ।

रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले फिल्मको ‘ट्रेलर’ सुरु गरिसकेको उनले बताए । उपप्रधान एवं गृहमन्त्री रवि लामछिानेले गरेका काम महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे ।

उनले रास्वपाबाट सरकारमा गएका मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का मित्र एवं सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको बताए । यसले रास्वपाले भ्रष्टाचारीलाई नछोड्ने संकेत दिएको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

“...तपाईंहरूलाई थाहा छ, कृष्णबहादुर महरा भनेको चानचुने राजनीतिक पात्र होइन । ०६२/०६३ पछि त उहाँ उपप्रधानमन्त्री, सभामुख, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री दोहोर्‍याइ, तेहर्‍याइ हुनुभएको छ,” उनले भने, “बहालवाला प्रधानमन्त्रीका अनन्य मित्र, त्यति नजिकको पात्रलाई पनि हामीले कानुनको घेराभित्र ल्याएका छौँ । त्यो सानो कदम होइन, त्यसले एउटा संकेत गरेको छ ।”

उनले थपे, “कृष्णबहादुर महरा समेत सत्तासँग यति नजिक, सत्तारूढ दलको उपाध्यक्षलाई समेत कानुनी घेरामा ल्याउन सक्छौँ भने अरू त त्यति ठूलो रहेन । त्यो संकेत दिन खोजेको पनि हो ।”

आरती साहको मुद्दालाई टुंगोमा पुर्‍याउने प्रक्रिया सुरु भएको, सरकारले पन्छ्याएका आयोगहरू पुनः सक्रिय बनाउने काम थालिएको, मिटरब्याजपीडितदेखि सहकारीको समस्या समाधानका निम्ति आवश्यक काम अघि बढाइएको उनले बताए ।

रास्वपा अभिमन्युझैँ चक्रभित्र पस्न मात्र जान्ने र निस्कन नजान्ने नभएको उनको भनाइ छ । ‘चक्र’भित्र बसेर पनि निस्कने रोडम्याप आफूहरूसँग रहेको उनले बताए ।

उनले नीतिगत भ्रष्टाचार, ठेक्कापट्टामा भाग खोज्ने विषयमा पार्टी जोगिनुपर्नेतर्फ सचेत गराए । जनताले एकैदिन पनि औँला ठड्याउने काम गर्नु नहुनेमा उनले जोड दिए ।

उनले इलामको उपनिर्वाचन रास्वपाले जितेको खण्डमा त्यसले २०८४ का निम्ति उत्साहको मार्गप्रशस्त गर्ने बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro