site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
केजरीवालले ईडीविरुद्ध सर्वोच्चमा दिएको निवेदन फिर्ता लिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवालले प्रवर्तन निर्देशनालय (ईडी)विरुद्ध सर्वोच्च अदालतमा जमानतका लागि पेस गरेको निवेदन फिर्ता लिएका छन् ।

केजरीवाललाई बिहीबार राति उनकै निवासबाट पक्राउ गरिएको थियो । बिहीबार राति नै आम आदमी पार्टी सर्वोच्च अदालतमा पुगेको थियो । ईडीले केजरीवाललाई पक्राउ गरेको विषयमा राति नै सुनुवाइ होस् भन्ने माग पार्टीको थियो । केजरीवालका वकिल अभिषेक मनु सिंघवीले सर्वोच्चमा दिएको निवेदन फिर्ता लिने निर्णय गरेको बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तल्लो अदालतको सुनुवाइपछि मात्रै सर्वोच्चमा जानका लागि आपले उक्त निवेदन फिर्ता ल्याएको बताइएको छ । यसअघि सर्वोच्च अदालतले तल्लो अदालतलाई बाइपास गर्न नसकिने भन्दै तेलंगानाको भारत राष्ट्र समिति (बीआरएस) पार्टीका नेतृ के. कविताको जमानतको निवेदन खारेज गरेको थियो ।

त्यसै कारण केजरीवालको टिमले पनि निवेदन फिर्ता लिएको ठानिएको छ । पक्राउ परेपछि पहिलो प्रतिक्रियामा केजरीवालले “भित्र वा बाहिर जहाँ भए पनि आफ्नो जिवन देशप्रति समर्पित” भएको भनेका छन् ।

Global Ime bank

दिल्ली राउज एभिन्यू अदालतले केजरीवाललाई १० दिन हिरासतमा राख्न माग गर्दै ईडीले पेस गरेको निवेदनमा शुक्रबार नै आदेश दिने तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC