site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आइएमई बैंकको ‘ग्रीन ड्राइभ’ योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न न्यूनतम ब्याजदरमा ग्रीन ड्राइभ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपांग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ । कर्जाको अवधि पाँच वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र पाँच वर्षभन्दा बढीको लागि स्थिर ९.९९ प्रतिशत व्याजदर रहेको छ ।

Argakhachi Cement Island Ad

न्यूनतमसहित स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारीसाधनको प्रयोग गर्ने मनस्थिति बनाइराखेकालाई यस योजनाले लाभान्वित गर्ने विश्वास बैंकले लिएको छ ।

 बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।  

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्